बुधबार, असार ३, २०८३

कांग्रेस संसदीय समिति बैठक बस्दै, समानुपातिक सूची टुंग्याइने

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्ने भएको छ। समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्ने भएको छ। समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो। 

National life

सूची टुंग्याउनकै लागि हिजो बसेको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बस्न लागेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ। 

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आइतबारको बैठकले सिलिङको काम गरेको छ। आज बिहान साढे ८ बजे बस्ने बैठकले समानुपातिक उमेदवारको सूची टुंगो लगाउने उनको भनाइ छ। 

अन्तिम सूचीलाई आजै कार्यसम्पादन समितिको बैठकबाट पारित गरेर निर्वाचन आयोगमा बुझाउने तयारी रहेको पनि उनले बताए।

प्रकाशित: Sep 19, 2022| 08:20 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...