बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जापानमा आँधीका कारण ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

जापानमा आँधीका कारण ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

नान्मादोल नाम दिइएको उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको छ। आँधीसँगै आइतवार दिउँसो तथा राति गरेर २० इन्चसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ। आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने बताइएको छ भने सावधानीस्वरूप तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका छन्।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

इजुमी- जापानको दक्षिणी टापु क्युशुमा भीषण समुद्री आँधी अवतरणसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ।

नान्मादोल नाम दिइएको उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको छ। आँधीसँगै आइतवार दिउँसो तथा राति गरेर २० इन्चसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ। आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने बताइएको छ भने सावधानीस्वरूप तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका छन्।

आइतबार बिहान क्युशुको दक्षिणी शीर कागोशिमा सहरनजिकै अवतरण भएको आँधीका कारण एक करोड ३० लाखभन्दा बढी जनसङ्ख्या रहेको क्युशुमा सामान्य जनजीवन प्रभावि बनेको हो। उक्त द्वीप जापानका चार मुख्य टापुमध्ये सबैभन्दा दक्षिणमा पर्छ। 

अधिकारीहरूले उक्त टापुमा सर्वसाधारणलाई सचेत बनाउन ‘विशेष सूचना’ जारी गरेका छन्। ओकिनावा प्रिफेक्चरबाहिर जारी भएको त्यस्तो सूचना हालसम्मकै पहिलो भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। 

जापानको जलवायु निकायले नान्मादोलका कारण तटीय क्षेत्रमा मुसलधारे वर्षा र आँधीबेहरी आउने र वायुको गति निकै शक्तिशाली हुँदा घरहरू ध्वस्त हुनसक्ने जोखिम रहेको जनाएको छ।  

kumari

उक्त आँधी अहिले क्युशुमा उत्तरतर्फ बढिरहेको छ र त्यसले टापुको मध्यभागमा अवस्थित पर्वतीय क्षेत्रमा ठूलो वर्षा गराइरहेको छ। 

यो आउँदा दिनमा जापानको मध्यतिर हुँदै टोकियोसम्म पुग्ने अपेक्षा गरिएको छ। त्यस क्रममा यो उत्तिकै शक्तिशाली हुने बताइएको छ। जापानको जलवायु निकायका एक अधिकारीले यो आँधी सन् २०१८ मा आएको जेबी र सन् २०१९ को हगिबिस आँधीभन्दा खराब हुनसक्ने बताएका छन्।

प्रकाशित: Sep 19, 2022| 00:15 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।