काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५ रुपैयाँ २९ पैसा र बिक्री दर १४५ रुपैयाँ ९७ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ९३ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५५ पैसा र बिक्री दर ८५ रुपैयाँ ९५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४३ पैसा छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९१ पैसा र बिक्री दर ८ रुपैयाँ ९५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २४ पैसा र बिक्री दर १८ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७५ पैसा र बिक्री दर ३४ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २० पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १८ पैसा र बिक्री दर ९ रुपैयाँ २३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर