बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अर्मेनियामा अजरबैजानले गरेको ‘अवैध’ आक्रमणको पेलोसीद्वारा निन्दा

अर्मेनियामा अजरबैजानले गरेको ‘अवैध’ आक्रमणको पेलोसीद्वारा निन्दा

अमेरिकी सभामुख न्यान्सी पेलोसीले अजरबैजानले आर्मेनियामा गरेको ‘गैरकानुनी’ आक्रमणको निन्दा गरेकी छन्।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

याराभान- अमेरिकी सभामुख न्यान्सी पेलोसीले अजरबैजानले आर्मेनियामा गरेको ‘गैरकानुनी’ आक्रमणको निन्दा गरेकी छन्।

बाकु र याराभानले मङ्गलबार सीमामा भएको झडपमा २०० जनाभन्दा बढीको ज्यान जाने गरी भएको झडपका लागि एकआपसमा आरोप लगाएका छन्।

पेलोसीले याराभानमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, 'अति आवश्यक शान्ति सम्झौताको सम्भावनालाई खतरामा पार्ने गरी भएको आक्रमणको अमेरिकी कांग्रेसको तर्फबाट हामी कडा शब्दमा भत्र्सना गर्दछौं।'

'र्मेनियाली भूमिमा अजरबैजानले गरेको अवैध र घातक आक्रमणपछि सुरक्षामा ध्यान केन्द्रित गरिएकाले हाम्रा लागि अर्मेनियाको विशेष महत्व छ।'

पेलोसीले उक्त आक्रमण अर्मेनियाको सार्वभौमिकतामाथिको आक्रमण भएको बताए।

kumari

अर्मेनियाली संसदका सभामुख एलेन सिमोन्यानले संयुक्त राज्य अमेरिकाको मध्यस्थताका कारण ककेसस (युरेसियाको ब्ल्याक सी र क्यासपियन सी) क्षेत्रका कट्टर शत्रुहरुबीचको द्वन्द्व बिहीबार रातदेखि अन्त्य भएको बताएका छन्।

यसअघि रूसले युद्धविरामका लागि गरेको प्रयास असफल भएको थियो। पेलोसीसँगै आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, 'मध्यस्थताबाट भएको युद्धविरामको सम्झौताका लागि हामी अमेरिकाप्रति आभारी छौं।'


प्रकाशित: Sep 19, 2022| 05:30 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।