शुक्रबार, वैशाख ५, २०८२

बुटवल-गोरुसिंगे-चनौटा सडक स्तरोन्नति गरिने

विश्वबैंक तथा नेपाल सरकारको संयुक्त लगानीमा ६९ किलोमिटर लम्बाइको सडक आगामी वर्षबाट निर्माण अघि बढाइने सडक विभागले जनाएको छ।
 |  सोमबार, असोज ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

vianetvianet

काठमाडौं- पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिंगे-चनौटा सडक चार लेनमा स्तरोन्नति हुने भएको छ। विश्वबैंक तथा नेपाल सरकारको संयुक्त लगानीमा ६९ किलोमिटर लम्बाइको सडक आगामी वर्षबाट निर्माण अघि बढाइने सडक विभागले जनाएको छ। 

triton college

यो सडकको लागत ३२ अर्ब हुने अनुमान गरिएको छ। सडक एक सय किमी प्रतिघण्टाको गति सवारी साधन गुड्ने हुने र सडक सुरक्षा तथा वातावरणीय संरक्षणमा विशेष जोड दिइने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए। 

सात पुल निर्माण गरिने र त्यसमध्ये केही पुल आधुनिक प्रविधि र आकर्षक हुने उनले बताए। उनले भने, 'बुटवलमा तिनाउ नदीमा सिग्नेचर पुल निर्माण हुनेछ।' सडक निर्माणका लागि थप जग्गा अधिग्रहण गर्न नपर्ने भए पनि केही पसल र घरका भाग हटाउनुपर्ने हुनसक्ने महानिर्देशक थापाले बताए। 

सडक स्तरोन्नतिका लागि हाल विश्वबैंक र सरकारबीच आर्थिक सम्झौता हुने चरणमा रहेको छ। सो सडक सन् २०२३ नोभेम्वरमा सुरु भएर सन् २०२६ को नोभेम्वरमा सम्पन्न हुने अनुमान गरिएको छ। 

कूल ३०५ मिलियन (३८ अर्ब रुपैयाँ) रकम रहेको ‘अक्सेलरेटिङ ट्रान्सपोर्ट एण्ड ट्रेड कनेक्टिभिटी इन साउथ एशिया-नेपाल फेज १’ अन्तर्गत अघि बढाउन लागिएको हो। यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा भूसंरक्षण विभाग आबद्ध रहनेछन्। विश्वबैंकले विभिन्न राजमार्गको स्तरोन्नतिका लागि सरकारलाई ऋण सहयोग उपलब्ध गराउँदै आएको छ। 

National life insurance

सरकारले पूर्व-पश्चिम राजमार्गलाई एशियाली राजमार्गको स्तरोन्नति गरिरहेको छ। चार लेन सडक विस्तार गरी आधुनिक पुलसँगै ‘अण्डर पास’, ‘ओभर पास’ लगायतको निर्माण अघि बढाइएको छ। वन क्षेत्र हुँदै सडकपर्ने स्थानमा वन्यजन्तुमैत्री सडक निर्माण भइरहेको छ। विभिन्न खण्डमध्ये कतै सडक निर्माणाधीन र कतै निर्माणमा जाने चरणमा रहेका छन्।   -रासस

प्रकाशित: Sep 19, 2022| 08:30 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।