मंगलबार, साउन १९, २०८३

पिएसओ र गाडी खोसिएपछि जबरालाई सरकारी निवासबाट पनि हटाउने तयारी

सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारी निवासबाट हटाउने तयारी थालेको छ। निलम्बनकै अवस्थामा सर्वोच्च अदालत फर्कन खोजेको भन्दै भन्दै सरकारले जबराको सुविधा खोस्ने तयारी गरेको हो।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारी निवासबाट हटाउने तयारी थालेको छ। निलम्बनकै अवस्थामा सर्वोच्च अदालत फर्कन खोजेको भन्दै सरकारले जबराको सुविधा खोस्ने तयारी गरेको हो।

जवराले कानुन विपरित अराजकता मच्चाउन खोजेको सरकारको आरोप छ। उनको सुरक्षामा खटिएका प्रहरीलाई आइतबार नै फिर्ता बोलाइसकिएको छ। उनलाई बालुवाटारस्थित सरकारी निवासबाट पनि हटाउने तयारी भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

'उहाँले निलम्बित रहेकै अवस्थामा सरकारी सुविधाको दुरुपयोग गरी संविधान विपरीत कार्य गर्न खोज्नुभएको छ। हामीले उहाँलाई आफैँ हट्न आग्रह गरेका छौं। उहाँले अग्रहको पालना नगरेको अवस्थामा बल प्रयोग गरेर हटाइने छ,' गृहका एक अधिकारीले नेपाल समयलाई भने।

गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले जबराको व्यक्तिगत सुरक्षामा खटिएका पिएसओ, निवास सुरक्षा तथा स्कर्टिङमा खटिएका सुरक्षाकर्मीलाई आइतबार दिउँसो फिर्ता बोलाइएको हो। उनले प्रयोग गर्ने गाडी पनि खोसिएको छ। 

गत १ फागुनमा महाभियोग दर्ता भएदेखि जबरा निलम्बनमा छन्। तर, उनले सरकारीनिवासमा बसेर सेवा–सुविधा भने प्रयोग गर्दै आएका छन्। 

शनिबार मात्रै संसद्को महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग चलाउनुपर्ने निष्कर्षसहित सभामुखलाई प्रतिवेदन बुझाएको थियो।

प्रकाशित: Sep 19, 2022| 08:46 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...