मंगलबार, साउन १९, २०८३

९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न

सरकारले संविधान दिवसको अवसर पारेर झन्डै १ हजार जनालाई विभूषण दिने निर्णय गरेको छ।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- सरकारले संविधान दिवसको अवसर पारेर झन्डै १ हजार जनालाई विभूषण दिने निर्णय गरेको छ। यस वर्ष संविधान दिवस (असोज ३) को अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदक गरी ९ सय ९८ जनालाई विभुषण घोषणा गरिएको हो।

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई यस वर्ष नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ। उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए।

यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने 'आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुने भएका छन्।

यस्तै, सुप्रिसद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् डा. जगमान गुरुङ विभूषित हुने भएका छन्। घोषणा गरिएको विभूषण नेपाली नयाँ वर्ष वैशाख १ गते राष्ट्रपतिबाट वितरण गरिन्छ।

यस्तो छ विभूषित हुनेको सूची

प्रकाशित: Sep 19, 2022| 08:10 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...