खानले सेना प्रमुखको नियुक्तिलाई विवादास्पद बनाउन चाहेको पनि उनको दाबी छ। यसअघि इमरान खानले अस्पतालबाट गरेको सम्बोधनका क्रममा सनाउल्लाह हत्यारा भएको आरोप लगाएका थिए।
आसन्न निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भानुभक्त जोशी तीन दशकअघि चुनाव लड्दा उनका एजेन्डा थिए बिजुली र बाटो। ताक्लाकोट सडकबारे चर्चा हुन थालेको पनि त्यति बेलैदेखि हो।
पर्यटनको विकास गरेर सहर र विदेशमा गएकालाई गाउँ फर्काउने तथा आयआर्जनको अवसर सिर्जना गराउन सकिने भन्दै निर्वाचन प्रचारप्रसारमा विकासको चर्चा हुन थालेको छ।
टोलीको सहभागिताको समन्वयकर्ता सुमन तिम्सिनाका अनुसार राज तामाङ र बृषा गुरुङले २-२ तथा सोनम बोहरा, लक्ष्मण तामाङ र सम्झना चौलागाईंले १–१ स्वर्ण जितेका छन्।
सार्वभौमसत्ता खरिद बिक्रीको विषय हुनै नसक्ने भन्दै निर्वाचनलाई व्यापार ठान्नेहरूले देशको समृद्धि गर्दैनन् भन्ने सन्देश पनि कलाकारहरूले लगिदिनुपर्ने उनको भनाइ थियो।
राजनीतिक दलका उम्मेदवारले निर्वाचन प्रचार प्रसारका क्रममा आचारसंहिता उल्लंघन भएको भन्दै प्रदेश निर्वाचन कार्यालय विराटनगरले कारवाही प्रकृया अघि बढाउन बाध्य नपार्न निर्देशन दिएको छ।
नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिए।