शुक्रबार, जेठ २९, २०८३

नेपालमा लगानी विस्तारका लागि महासंघको आग्रह

आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, ऊर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविधिका बारेमा छलफल गर्दै उक्त आग्रह गरेका हुन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानी विस्तारका लागि दक्षिण कोरियाका उद्योगी तथा व्यवसायीसँग मिलेर काम गर्न आग्रह गरेको छ।

National life

नेपाल भ्रमणमा रहेको कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलसँग महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल कोरियाबीच रहेको आपसी आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, ऊर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविधिका बारेमा छलफल गर्दै उक्त आग्रह गरेका हुन्।

उनले कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको बताए। दुवै देशका निजी क्षेत्रबीचको सम्बन्ध बलियो बन्न सक्यो भने लगानी, प्रविधि तथा अनुभवसमेत ल्याउन सहज हुने हुँदा निजी क्षेत्रबीचको सम्बन्ध विस्तारमा सहयोग गर्न आग्रह गरे।

वरिष्ठ उपाध्यक्ष ढकालले बाह्य लगानी ल्याउनेमा निजी क्षेत्रले सरकारलाई निरन्तर झक्झक्याइरहेको र सोही अनुसार बाह्य लगानीसँग सम्बन्धित महत्वपूर्ण ऐन कानुनहरु संशोधनसमेत भइसकेको  स्पष्ट पारे।

महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी सो भेटवार्तामा महासङ्घका तर्फबाट कोरियन उत्पादनमूलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भइरहेकाले स्वच्छ ऊर्जाको राम्रो प्रबन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरिएको थियो।

Shivam cement

सो अवसरमा प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुभव सुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधैँ तयार रहेको बताए। महासंघले दिएका सुझावको कार्यान्वयनमा आफूहरूले सक्दो सहयोग र समन्वय गर्ने विश्वाससमेत उनले दिलाए। 

प्रकाशित: Nov 07, 2022| 20:15 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्