काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ। आचारसंहिताविपरीत ‘क्याप टोपीको प्रयोग गरेको भन्दै आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।
‘आचारसंहिताविपरीत क्याप टोपी किन प्रयोग गरेको? तपाईंलाइ किन कारबाही नगर्ने?’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ। स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछाने चितवन–२ बाट उम्मेदवार छन्।