सोमबार, वैशाख २८, २०८३

पदमार्ग जोगाउन स्थानीयवासीको माग

छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यस पदयात्रा विश्वमा नै प्रख्यात मानिन्छ।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ को सिदिङबाट मर्दी हिमाल पदयात्रा सुरु हुन्छ। छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यस पदयात्रा विश्वमा नै प्रख्यात मानिन्छ।

National life

पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई भने पदमार्ग कसरी जोगाउने भन्ने चिन्ता छ। धेरै पदमार्गहरू सडक विस्तारले हराउँदै गएको सुनेका  स्थानीयवासी मर्दी पदयात्रालाई जोगाई राख्न चाहन्छन्। उनीहरू मर्दी क्षेत्रमा बढेको अव्यवस्थित बसोबासलाई समेत नियन्त्रण गरी पर्यटकीय आकर्षण कायमै राख्नुपर्ने माग गरेका छन्। 

पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत् लगायतका समस्या छन्। होटलहरू खुल्ने क्रम बढे पनि व्यवस्थित छैनन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ सिदिङका प्रज्वल क्षेत्रीले बर्सेनि हजारौँ पर्यटक आउने मर्दी पदयात्रालाई सरकारले व्यवस्थित गरी पदमार्ग जोगाउन माग गरे।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी अभियानमा सिदिङ पुग्नुभएका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल र प्रदेशका उम्मेदवार दुर्गादत्त भण्डारीलाई उनले मर्दी पदमार्गका समस्या सुनाए। 'अब यहाँभन्दा माथि मोटरबाटो खन्ने काम रोकेर सरकारले मर्दी पदयात्रालाई जोगाउनु पर्दछ', क्षेत्रीले भने, 'केन्द्रीय विद्युत् अझै पुगेको छैन, एक्याप लगायतबाट समस्या भएको छ । सरकारले व्यवस्थित गरेर पर्यटकलाई सुविधा दिनुपर्दछ।'

मर्दी पदयात्रा माछापुच्छ्रेका सिदिङसहित धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत सुरु गर्न सकिन्छ। सुन्दर हिमशृङ्खलाको दृश्यावलोकनसहित लालीगुँरासको सुन्दरतामा रमाउँदै पर्यटकले पदयात्रा गर्ने गर्दछन्। पर्यटकहरू पदयात्रा गर्दै चार हजार पाँच सय मिटर उचाइको मर्दी हिमालको आधार शिविरसम्म पर्यटक पुग्छन्। 

पदयात्रामा होटलहरू खुलेका छन्। तर, विद्युत्, खानेपानी लगायतका समस्या छन्। चुनावी अभियानमा आएका उम्मेदवारलाई स्थानीयवासीले यहाँका समस्या सुनाउँदै समाधानको माग गर्ने गर्दछन्। 

माछापुच्छ्रे गाउँपालिका-८ कोलेलीका गणेश आचार्यले मर्दी हिमाल र माछापुच्छ्रे नमूना पदमार्गको विकासमा सरकारको ध्यान नपुगेको बताए। बर्सेनि पर्यटक बढिरहेकाले पर्यटकीय पूर्वाधार थप गर्दै जानुपर्ने उनको माग छ।    -रासस

प्रकाशित: Nov 07, 2022| 22:00 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।