शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फिल्ममार्फत कला-संस्कृति प्रवर्द्धन गर्नुपर्छ : मन्त्री श्रेष्ठ

फिल्ममार्फत कला-संस्कृति प्रवर्द्धन गर्नुपर्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक कृष्ण विकको दोस्रो गीत ‘रानी माया’ सार्वजनिक गरेका छन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक कृष्ण विकको दोस्रो गीत ‘रानी माया’ सार्वजनिक गरेका छन्। सो अवसरमा उनले गीतसङ्गीतमार्फत पर्यटनलाई प्रवर्द्धन गर्न आग्रह गरे।

‘यो भिडियोमा खिचिएको दृश्य आकर्षक छन्। यसले पर्यटन बढाउन मदत गर्ने विश्वास छ’, मन्त्री श्रेष्ठले भने, ‘युवापुस्ताले नेपाली पर्यटनसँगै कला, संस्कृतिलाई आफ्नो माध्यमबाट अगाडि बढाउनुपर्छ। यहिँ कारण चुनावी चटारोकैबीच कार्यक्रममा सहभागी भएको हुँ।’

अभिनेता राजेश हमालले गीतको भिडियोविना सम्झौता निर्माण गरिएको भन्दै प्रशंसा गरे।

गायनमा गायक विकलाई समीक्षा अधिकारीले साथ दिएकी छिन्। यसमा श्रीकृष्ण बम मल्लको शब्द र कृष्ण विकको एरेञ्ज र सङ्गीत रहेको छ। भिडियोमा सामान्य युवा र राजकुमारी बीचको प्रेमलाई देखाइएको छ।

भिडियोमा बोनिका कार्की एण्ड रित खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, रेनिश फागोको रङ संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, संजय लामाको छायाङ्कन, बनिश शाहको सम्पादन र जीबी आग्रीको निर्देशन रहेको छ।

प्रकाशित: Nov 07, 2022| 20:31 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।