शनिबार, कात्तिक २९, २०८२

ऋतिक र निशनको जोडीलाई उपाधि

ऋतिक राना र निशन श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेका छन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं- ऋतिक राना र निशन श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेका छन्।

National life

सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७-६ र ४-६(१०-५) ले हराएर ऋतिक र निशनको जोडी च्याम्पियन बनेको हो। ३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जितेका छन्।

फाइनलमा सन्तोष खत्री र सिमान्त गुरुङको जोडीलाई ६-१ र ६-३ ले हराएर कमल र यज्ञको जोडीले उपाधि हात पारेको हो।

यू-८ गर्ल्सको उपाधि सारा पन्तले हात पारेकी छिन्। फाइनलमा साराले थिया श्रेष्ठलाई १०-२ र १०-५ ले पराजित गरिन्।

यू-१० को ब्वाइजतर्फ सुजन कुइकेल र गर्ल्समा साल्भी शेरचनले उपाधि हात पारे।

Laxmi sunrise bank
kumari

सुजनले फाइनलमा युभेन मान श्रेष्ठलाई ६-१ र ६-० ले तथा साल्भीले मेरिशा थापालाई ६-० र ६-१ ले पराजित गरिन्।

यू-१२ गर्ल्सको उपाधि शिभाली गुरुङले जितेकी छिन्। शिभालीले फाइनलमा स्वस्तिका विष्टलाई ३-६,६-३ र ६-४ ले  हराइन।

प्रतियोगिता अन्तर्गत नै यू-८ ब्वाइजमा आर्यश राज पौडेल र सभ्य जङ कार्कीले फाइनलमा स्थान पक्का गरेका छन्।

यू-९ ब्वाइजमा सुजन कुइकेल र आर्यश राज पौडेलले फाइनलको यात्रा तय गरेका छन्।

यू-९ गर्ल्सको उपाधि भिडन्तमा जेनिशा ज्ञवाली र अनुश्री धोजु भिड्ने छन्।

यू-१२ ब्वाइजको फाइनलमा असभ सम्राट हाडा र बृजेश अग्रवालले स्थान पक्का गरेका छन्।

यू-१४ को ब्वाइजको फाइनलमा आयुष्मान हजुर घले र बोरिस अधिकारीले प्रतिस्पर्धा गर्ने छन्।   

यू-१४ गर्ल्सको उपाधि भिडन्तमा सुनीरा थापा र शिभाली गुरुङले खेल्ने छन्।

पुरुष डबल्सको ४५ वर्षमाथि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले फाइनलमा स्थान बनाएका छन्। यसै प्रतिस्पर्धामा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले फाइनलमा स्थान पक्का गरेका छन्।

पुरुष ५५ वर्षमाथि डबल्सको फाइनलमा कृष्ण घले र सुवर्ण धाखवाको जोडी र निरन्जन श्रेष्ठ र राम  रानाको जोडीले प्रतिस्पर्धा गर्ने छन्।  

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।

प्रकाशित: Nov 07, 2022| 20:03 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।