मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • इमरान खानले देशद्रोह गरेको पाकिस्तानी गृहमन्त्री सनाउल्लाहको आरोप

Siddartha premir insuranceSiddartha premir insurance

इमरान खानले देशद्रोह गरेको पाकिस्तानी गृहमन्त्री सनाउल्लाहको आरोप

खानले सेना प्रमुखको नियुक्तिलाई विवादास्पद बनाउन चाहेको पनि उनको दाबी छ। यसअघि इमरान खानले अस्पतालबाट गरेको सम्बोधनका क्रममा सनाउल्लाह हत्यारा भएको आरोप लगाएका थिए।
 |  मंगलबार, कात्तिक २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

इस्लामावाद- पाकिस्तानका गृहमन्त्री राना सनाउल्लाहले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख एवम् पूर्वप्रधानमन्त्री इमरान खानले मुलुकविरुद्ध देशद्रोह गरेको आरोप लगाएका छन्।

triton college

‘इमरान खानले राज्यविरुद्ध देशद्रोहको अपराध गरिरहेका छन्।’ सनाउल्लाहले भने। पाकिस्तानको पञ्जाब प्रान्तको वजीराबादमा गत हप्ता एक राजनीतिक र्‍यालीका क्रममा गोली प्रहार गरिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले राजधानी इस्लामावादतर्फको लामो पदयात्रा मङ्गलबार देखि पुनः सुरु गर्ने घोषणा गरेका छन्।

लाहोर सहरमा आयोजित पत्रकार सम्मेलनमा खानको भनाइलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले भनेको छ, ‘हामीले निर्णय गरेका छौं। हाम्रो मार्च वजीराबादको त्यही बिन्दुबाट सुरु हुनेछ जहाँ मलाई र अन्य ११ जनालाई गोली हानिएको थियो। उक्त स्थानमा मोअज्जम शहीद भएका थिए।’

यद्यपि पीटीआईका प्रभावशाली नेता एवम् पूर्वसूचनामन्त्री फवाद चौधरीले भने बिहीबारबाट मात्रै पीटीआईको ‘लामो यात्रा’ पुनः सुरु हुने स्पष्ट पारेका छन्। चौधरीलाई उद्धृत गर्दै डनले भनेको छ, ‘मंगलबार वा बुधबार होइन, लङ माच बिहीबारबाट मात्र सुरु हुनेछ।’ त्यस्तै, पीटीआई कै अर्का प्रभावशाली नेता फैसल जावेदले पनि बिहीबार दिउँसो २ बजेबाट वजीराबाददेखि नै उक्त मार्च सुरु हुने ट्विटरमार्फत् जानकराी दिएका छन्।

सनाउल्लाहले खानलाई ‘संस्थाहरूले अंगीकार गरून भन्ने’ चाहेको भन्दै पाकिस्तानी संस्थाहरूलाई पीटीआई प्रमुखको ‘खराब एजेन्डा’ विरुद्ध उभिन आग्रह गरेको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ। ‘इमरान खानको एउटै मात्र माग छ- उनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्नका लागि संस्थाहरूले अङ्गीकार गर्न चाहन्छन्,’ गृहमन्त्रीले भने।

Metro Mart
vianet

खानले सेना प्रमुखको नियुक्तिलाई विवादास्पद बनाउन चाहेको पनि उनको दाबी छ। यसअघि इमरान खानले अस्पतालबाट गरेको सम्बोधनका क्रममा सनाउल्लाह हत्यारा भएको आरोप लगाएका थिए।    -सिन्ह्वा

प्रकाशित: Nov 08, 2022| 02:05 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।