सोमबार, असार ८, २०८३

निर्वाचन प्रचारप्रसारमा विकासको चर्चा

पर्यटनको विकास गरेर सहर र विदेशमा गएकालाई गाउँ फर्काउने तथा आयआर्जनको अवसर सिर्जना गराउन सकिने भन्दै निर्वाचन प्रचारप्रसारमा विकासको चर्चा हुन थालेको छ।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

गलेश्वर- राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले म्याग्दीको पश्चिमी क्षेत्र हुँदै ढोरपाटनलाई जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउन सकिने बताएका छन्।

National life

ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटकलाई आकर्षित गर्न सक्ने हो भने म्याग्दीको विकासका लागि कोसेढुङ्गा साबित हुने उनको भनाइ छ। नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवारसमेत रहेका डा श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसार अभियानका क्रममा मध्य पहाडीको बागलुङभन्दा म्याग्दी भएर ढोरपाटन जोड्ने सडक ६० किलोमिटर छोटो हुने भएकाले वैकल्पिक बनाउन सकिने बताएका छन्। 

प्रचारप्रसार अभियान वाम लोकतान्त्रिक पक्षका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खमबहादुर गर्बुजाले ताकमकोत, धौलागिरि चक्रीय पदमार्ग र गुर्जा हिमालको पर्यटन विकासका लागि पूर्वाधार निर्माणका साथै प्रचारप्रसार र व्यवस्थापनमा प्राथमिकता दिने बताए।

पर्यटनको विकास गरेर सहर र विदेशमा गएकालाई गाउँ फर्काउने तथा आयआर्जनको अवसर सिर्जना गराउन सकिने बताए।  प्रदेशसभा ९२० मा गठबन्धनका उम्मेदवार रेशमबहादुर जुग्जालीले धवलागिरि गाउँपालिकालाई जलविद्युत् र जडीबुटीको माध्यमबाट समृद्ध गराउने योजना सुनाए। यसैगरी नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले म्याग्दीको समग्र विकासका लागि जलविद्युत्, पर्यटन र सडक आफ्नो प्राथमिकताका ‘एजेन्डा’हरु रहेका बताउँदै बेनी–जोमसोम-उपल्लो मुस्ताङसम्मको सडक स्तरोन्नति गरी कालोपत्र गर्नाका साथै कोरलानाका खुलाएर दुई देशीय व्यापार प्रवर्द्धन गर्न सक्ने हो भने मात्र जिल्लाको समृद्धिको सपना पूरा हुने बताए।

एमाले म्याग्दीका अध्यक्ष एवं प्रदेशसभा (१) का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले आफू यसअघि जनप्रतिनिधिको भूमिकामा रहेर जिल्लाको समग्र विकासमा पहल गरेको बताए। यसैगरी मङ्गला गाउँपालिका-२, बाबियाचौरमा प्रदेशसभा ९२० का उम्मेदवार यामबहादुर गर्बुजाले देशमा भौतिक पूर्वाधारको विकास तथा निर्माण गरी देशलाई अग्रगमनको गतिमा अगाडि बढाउनु आवश्यक रहेको बताए।

Shivam cement

म्याग्दीमा प्रतिनिधि र प्रदेशसभाका तीन पदका लागि १९ जना चुनावी मैदानमा छन्। प्रतिनिधिसभामा तीनजना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (१) र (२) मा पाँच/पाँचजना उम्मेदवार छन्। विसं २०५६ मा कांग्रेस, २०६४ मा माओवादी, २०७० र २०७४ मा एमालेले म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन्। प्रजातन्त्र पुनस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो। २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए। 

गत स्थानीयतह निर्वाचनमा एमालेले चारवटा पालिकाप्रमुख, तीनउपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र ६ वटा वडा जितेका थिए। स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा प्रदेशसभा क्षेत्र (१)मा ४८ हजार चार सय ७२, प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार ६ सय ४८ गरी ८६ हजार एक सय २० जना मतदाता छन्।   -रासस

प्रकाशित: Nov 07, 2022| 21:45 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...