पर्वतमा पाँचौं पटक चुनावी मैदानमा उत्रिएका कांग्रेसका अर्जुनप्रसाद जोशीले एमाले घरझगडाको लाभ आफूले पाउने हुँदा जित निश्चित भएको बताउँछन् भने एमाले उम्मेदवार पद्म गिरीले पाँच वर्षमा पर्वतमा पूर्वाधार निर्माणलाई प्राथमिकता...
पाल्पामा आजदेखि मदिरामा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै आजदेखि निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो।
बनेपास्थित क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधिहरूको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले सूचना प्रकाशित गरेको छ।
मेथीको साग र दाना दुवैमा औषधिय गुण हुन्छ। चिसो मौसममा मेथीको सेवन स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। यो मौसममा पालक, मेथीलगायतको साग बजारमा पाइन्छ। जो स्वास्थ्यका लागि निकै दाभदायक हुन्छ।
मङ्सिर ४ गते हुन लागेको निर्वाचनका क्रममा घरदैलो अभियानमा रहनु भएका शर्माले बेलबारी क्षेत्रमा सञ्चालित भाँडा उद्योगबाट उत्सर्जन हुने घातक रसायनले त्यस क्षेत्रका बालकदेखि वृद्धसम्म क्यान्सरबाट पीडित रहेको बताए।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गरेर नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी अविनन्द चौलागाइँले बताए।