सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नुवाकोटमा आमाछोरीको हत्या : एक जना पक्राउ, प्रहरीको अनुसन्धान जारी

नुवाकोटमा आमाछोरीको हत्या : एक जना पक्राउ, प्रहरीको अनुसन्धान जारी

नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्या भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

नुवाकोट- नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्या भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

National life

दुप्चेश्वरकी २० वर्षीया सम्झना पाण्डे खतिवडा र उहाँकी तीन वर्षीया छोरी कृष्टिना खतिवडाको सोमबार बेलुका धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

घटनामा संलग्न रहेको आरोपमामा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका २१ वर्षीय पुष्कल भनिने सोनम तामाङ रहेका छन्।

ती व्यक्ति घरेलु हतियारसहित सम्झनाको घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको अनुसन्धानबाट पाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। 

घटनालगत्तै उनी फरार रहेको पाएपछि काठमाडौंतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरिएको प्रहरीको भनाइ छ।

धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्‍याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव फेला परेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित: Nov 15, 2022| 08:13 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।