सोमबार, वैशाख २८, २०८३

पाल्पामा आजदेखि मदिरा विक्री र सेवनमा प्रतिबन्ध

पाल्पामा आजदेखि मदिरामा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै आजदेखि निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

पाल्पा- पाल्पामा आजदेखि मदिरामा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै आजदेखि निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो।

National life

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिरामा रोक लगाइएको हो।

निर्देशनको अवज्ञा गरी कुनै पनि प्रकारको मदिरा बिक्री, ओसारपसार र सेवन गर्नेलाई कानुनबमोजिमको कडा कारबाही हुने चेतावनी दिइएको छ।

प्रशासनले अत्यावश्यकसहितको सेवा मंसिर १ गते देखि ५ गतेसम्म स्थगित गरेको छ। कर्मचारी मतदानस्थलमा खटिएकाले शान्ति सुरक्षा, मुद्दा, ठाडो उजुरी र अत्यावश्यकबाहेकका सेवा स्थगित हुने पन्तले बताए।

प्रकाशित: Nov 15, 2022| 08:00 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।