मंगलबार, फागुन १९, २०८२

अमेरिकामा गोली आक्रमणमा परी तीन फुटबलरको मृत्यु

अमेरिकामा गोली आक्रमणमा परी तीन जनाको ज्यान गएको छ। युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

अमेरिका- अमेरिकामा गोली आक्रमणमा परी तीन जनाको ज्यान गएको छ। युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ। 

आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुई जना घाइते भएका छन्।

युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उनीहरूमाथि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। एक संदिग्ध पक्राउ परेका छन्। प्रहरीले अनुसन्धान जारी राखेको छ । 

मारिनेहरूमा भर्जिनिया बीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन्।

प्रकाशित: Nov 15, 2022| 07:55 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।