सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ११५ जना पक्राउ

चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ११५ जना पक्राउ

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १ सय १५ जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १ सय १५ जनालाई पक्राउ गरेको छ।

National life

चुनाव बहिष्कार गरेका समूहमाथि उच्च निगरानी थालेको सरकारले देशका विभिन्न ठाउँबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारीमा रहेका समूहका १ सय १५ जना पक्राउ गरेको जनाएको हो।

पक्राउ परेका मध्ये ११ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गर्ने तयारी छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार चुनाव बहिष्कार गर्ने समूहमाथि उच्च निगरानी थालिएको छ। 

नेत्रविक्रम चन्द विप्लवसहित केही दल तथा समूह चुनाव बहिष्कार गर्ने घोषणा गरी विरोधी गतिविधिमा संलग्न छन्।

२० भन्दा धेरै समूह सक्रिय रहेकाले सुरक्षा चुनौती बढेको गृह मन्त्रालयको निष्कर्ष छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले केही दल तथा समूह चुनाव विरोधी गतिविधिमा संलग्न रहेकाले उनीहरूलाई उच्च निगरानीमा राखिएको बताएका छन्।

चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न कार्ययोजना बनाएर काम भइरहेको उनले बताए। चुनाव विरोधी गतिविधि गर्ने र कानुन हातमा लिन खोज्ने समूहलाई निगरानी भइरहेको र त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा आवश्यक कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ।

चुनावलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा विशेष योजना बनाएर लागू गरिएको गृह प्रवक्ता पोखरेलले जानकारी दिए। उनले मतदाता तथा चुनावमा खटिने कर्मचारी, उम्मेदवारलगायत सबैको सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताए।

गृह प्रवक्ता पोखरेलले विरोधी समूहलाई पनि शान्तिपूर्ण रुपमा चुनावमा भाग लिन आग्रह गरेको छ। मंसिर ४ को चुनावमा तीन घेराको सुरक्षा प्रबन्ध हुनेछ। 

पहिलो घेरामा नेपाल प्रहरी तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुँदैछन्। चुनाव आउन अब ५ दिन मात्रै बाँकी छ।

प्रकाशित: Nov 15, 2022| 08:33 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।