चार लाख ३५ हजार नेपाली नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिबार साँझ सिरहाबाट दुई जनालाई पक्राउ गरेको हो।
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूको बैठक आज पनि बस्ने भएको छ।
शनिबार राति अबेरसम्म बसेको बैठक बिनानिष्कर्ष सकिएको थियो। हिजोको बैठकमा केही केन्द्रीय सदस्य अनुपस्थित भएकाले महत्त्वपूर्ण निर्णय हुन नसकेको पार्टीको भनाइ छ।
खेलमा निधै राम्रो प्रदर्शन गरे पनि चेल्सीले फुलह्यामविरुद्ध गोल गर्न भने सकेन्। खेलाडी ट्रान्सफरमा धेरै खर्च गरेको चेल्सीको प्रदर्शनमा सुधारको अपेक्षा गरिएको छ।