बिहीबार, भदौ ४, २०८३

ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु, बुवा–आमा घाइते

ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन्।
 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ गाउँका ११ वर्षीय दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए। दोर्चीका बुवा र आमा घाइते छन्।

गएराति करिब नौ बजेतिर घरमा खाना खाइरहेको बेला उनीहरुलाई चट्याङ लागेको थियो। तीनै जनालाई गाउँपालिकाको एम्बुलेन्समा राखेर उपचारका लागि जिल्ला सदरमुकाम पठाइएकोमा ११ वर्षीय दोर्चीलाई चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष फुर्बा शेर्पाले जानकारी दिए।

उनका अनुसार चट्याङले घरमा जडान गरिएको बिजुलीको मिटर बक्स, वायरिङ गरिएका तार, ढुंगा माटोले बनेको घरको भित्ता र सुधारिएको चुल्होसमेत क्षति पुगेको छ। उनका आमा र बुवाको भने जिल्ला अस्पतालमै उपचार जारी छ।

प्रकाशित: Apr 27, 2023| 09:20 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्