सोमबार, असोज २६, २०८३

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलमर्मतपछि आजदेखि सञ्चालन

 |  सोमबार, असोज २६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०८३

बागलुङ- कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग मर्मत गरिएपछि आजदेखि यातायात सञ्चालनमा आएको छ। 

सरकारले बडादसैँअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित अघि बढाइएको मर्मत कार्य पूरा भएपछि यातायात सुचारु भएको हो।

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको पर्वततर्फको पहुँचमार्ग कटान गर्दा आवागमन अवरुद्ध भएको थियो। एक सय १४ मिटर लामो पुलको पहुँचमार्गतर्फ करिब ३० मिटर सडकमा क्षति पुगेपछि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्क प्रभावित भएको थियो।

मालढुङ्गा पुल मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका लागि महत्त्वपूर्ण सडक सम्पर्क हो। पुल अवरुद्ध हुँदा बागलुङसहित म्याग्दी र मुस्ताङतर्फको आवागमन तथा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या परेको थियो।

प्रकाशित: Oct 12, 2026| 13:27 सोमबार, असोज २६, २०८३
प्रतिक्रिया दिनुहोस्