बिहीबार, भदौ ४, २०८३

१४ वर्षीया बालिका करणी आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बैतडीमा नाबालिका करणी गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन्।
 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

बैतडी- बैतडीमा नाबालिका करणी गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका–१ का एक वृद्ध करणीको आरोपमा पक्राउ परेका हुन्। वृद्धले अपाङगता (बोल्न नसक्ने ) भएकी १४ वर्षीया बालिकालाई पुष महिनामा बलात्कार गरेको घटना बाहिरिएको छ।

पीडितकी आमाले दिएको जाहेरी दरखास्त अनुसार प्रहरीले ती वृद्धलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। वृद्धलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ। 

१४ वर्षीया बालिकालाई कसैलाई जानकारी गराए ज्यान मार्ने धम्की दिएकाले घरमा जानकारी नगराएको पिडीतले बताइएको छ। फुपुको घरमा गएर फुपुलाई भनेपछि घटना बाहिरीएको हो। 

प्रकाशित: Apr 27, 2023| 10:14 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्