बिहीबार, भदौ ४, २०८३

नेपालले गुमायो चौंथो विकेट

एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्दै चौंथो विकेट गुमाएको छ।
 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं- एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्दै चौंथो विकेट गुमाएको छ।

कप्तान रोहित पौडेल २७ रनमा आउट भएसँगै नेपाल संकटमा परेको छ। ९ रन जोड्दा २ विकेट गुमाएको नेपालले ५७ रन जोड्दा तेस्रो विकेट गुमाएको थियो। नेपालले ६२ रनमा चौंथो विकेट गुमाएको थियो।

नेपालका लागि कुशल भुर्तेल २ रन तथा भीम सार्की ६ रनमा आउट हुँदा आसिफ शेख १९ रन बनाएर पेभिलियन फर्किए।

आसिफले कप्तान रोहित सँग तेस्रो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। अहिले क्रिजमा कुशल मल्ल र सोमपाल कामी क्रिजमा रहेका छन्।

टियु क्रिकेट मैदान कतारले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नेपालले ओमानसँगको खेलबाट टिममा एक परिवर्तन गरेको छ।

प्रकाशित: Apr 27, 2023| 10:37 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्