सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कतारलाई नेपालले दियो १५८ रनको लक्ष्य

एसिसी प्रिमियर कपअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चार ओभरमा दुई विकेट गुमाएको थियो।
 |  बिहीबार, वैशाख १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं– नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारलाई १५८ रनको लक्ष्य दिएको छ। एसिसी प्रिमियर कपअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चार ओभरमा दुई विकेट गुमाएको थियो।

triton college

सुरुआती खराब ब्याटिङ गरेको नेपाल ४०.२ ओभरमा १५७ रनमा अलआउट भयो। नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका प्रहार गरे भने सबैभन्दा बढी नटआउट ४२ रन जोडे। 

ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा पेभिलियन फर्के। ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट हुँदा नेपाल दबाबमा पर्‍यो। त्यसपछि कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट भए। उनले ३६ बलमा २ चौका प्रहार गरे। 

३ रन मात्रै जोड्न सकेका कुशल मल्ल पाँचौं विकेटको रुपमा १७.१ ओभरमा आउट भए। सोमपाल कामी ११ रनमा आउट भए। उनी आउट हुँदा नेपालले २१ ओभरमा ६ विकेट गुमाउँदा ८४ रन जोडेको स्थिति थियो।

सातौं विकेटको रुपमा आरिफ शेख ११ रनमा आउट भए। उनी २६.२ ओभरमा आउट हुँदा नेपालले १०२ रन जोडेको स्थिति थियो। चार बलपछि दीपेन्द्रसिंह ऐरी आउट भए। ऐरीले १२ रन मात्र जोड्न सके। २८औं ओभरमा गुल्सन झालाई ७ रनमा कतारका मुनवीराले बाउन्ड्रीमा उष्कृष्ट क्याच गर्दै पेभेलियनको बाटो देखाए।

Metro Mart
vianet

यस्तै, ललितनारायण राजवंशी १ रनमा एलबिडब्लू आउट भए। बलिङमा कतारका अमिर फारुकले ४ विकेट लिए। ओइस अहमेदले ३ विकेट र मुनवीराले २ विकेट हात पारे। 

यसअघि नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। नेपाल र साउदी अरेबियाबीचको मूलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। रद्द भएर एक अंक जोडेसँगै नेपाल सेमिफाइनलमा पुगेको हो। 

समूह ‘बी’ बाट युएई अन्तिम चारमा पुगेको छ। आज हङकङ र कुवेतबीचको खेलपछि अन्तिम चारमा पुग्ने अर्को टिम र समूह विजेता र उपविजेतको टुंगो लाग्नेछ। आजको खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ। नेपाल समूह विजेता बने सेमिफाइनल खेल शनिबार कीर्तिपुर मैदानमा खेल्नेछ।

प्रकाशित: Apr 27, 2023| 12:35 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्