काठमाडौं- काठमाडौं महनगरपालिकाले विद्यालयमा राजनीतिक कार्यक्रम तथा गतिविधि सञ्चालन गरिएको पाइएमा विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने चेतावनी दिएको छ।
महानगरपालिकाले सञ्चालित केही विद्यालयले राजानीतिक कार्यक्रम तथा गतिविधि गरेको सन्दर्भमा नगरपालिकाको गम्मीर ध्यानाकर्षण भएको जनाएको हो। शिक्षा अधिकारी सीताराम कोइरालाले अनुगमनका क्रममा यस प्रकारका कार्यक्रम सञ्चालन गरिएको पाइएमा प्रधानाध्यापकलाई विाभागीय कारबाही हुने सूचना जारी गर्दै जनाएको छ।
महनगरपालिकाले केही विद्यालयले प्रचलित शिक्षा ऐन तथा नियमावली विपरित राजनीतिक दल र त्यसका भातृ संगठनका कार्यक्रम सञ्चालन गरेको प्रमाण उजुरी प्राप्त भएकोले महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ।
विद्यालय भित्र कुनै पनि राजनीतिक कार्यक्रम गर्न नदिन शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालयलाई निर्देशन दिएका छन्। उनले सूचना जारी गर्दै अनुगमनका क्रममा यस प्रकारका कार्यक्रम सञ्चालन गरिएको पाइएमा प्रधानाध्यापकलाई विभागीय कारबाही हुने कोइरालाले चेतावनी दिए।
महानगरपालिकाले ती विद्यालयका नामभने सार्वजनिक गर्न मानेन। महानगरपाकिलाको उक्त निर्णयलाई स्वागत गर्दै शिक्षाविद् बाबुराम पौडेलले विद्यालयलाई विद्यालयभित्र फर्काउने प्रसंसनीय प्रयास भनेर शुभकामना दिएका छन्।