शनिबार, असार १३, २०८३

एसीसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल

सीसी प्रिमियर कप क्रिकेटमा अहिले समूह ए मा रहेका नेपाल र कतारबीच खेल हुँदैछ।
 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०
National life
Shivam cement

काठमाडौं- एसीसी प्रिमियर कप क्रिकेटमा अहिले समूह ए मा रहेका नेपाल र कतारबीच खेल हुँदैछ। खेल त्रिवि मैदान कीर्तिपुरमा भइरहेको हो। कतारले टस जितेर बलिङ रोजेको छ।

आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ। कतार जितविहीन रहँदै पुछारमा छ। यस्तै, अहिले समूह बी मा रहेका हङकङ र कुवेतबीच पनि मूलपानी मैदानमा खेल भइरहेको छ। हङकङले टस जितेर बलिङ गरिरहेको छ। समूह बी बाट अहिलेसम्म यूएईले मात्रै सेमिफाइलनमा स्थान बनाएको छ।

आज हङकङ र कुवेतबीचको विजेता टोली नै सेमिफाइनलमा पुग्नेछ। हङकङको ५ र कुवेतको ४ अंक रहेको छ। खेल बराबरी भएमा वा रद्द भएमा हङकङ नै सेमिफाइनलमा पुग्नेछ। एसीसी प्रिमियर कपमा १० टोली सहभागी छन्। प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप क्रिकेट खेल्न पाउनेछ। 

प्रकाशित: Apr 27, 2023| 09:04 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्