पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)अन्तर्गत १३८ वटा संरचना भत्किने भएका छन्। राजमार्गअन्तर्गत तनहुँको जामुनेबाट कोत्रेसम्म विभिन्न किसिमका घर, टहरा, पर्खाललगायतका संरचना हटाउन लागिएको छ।
अनेरास्ववियुका अध्यक्ष र उपाध्यक्ष त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखी आमरण अनशन बसेका छन्। त्रिविमा देखिएको विकृति, विसङ्गति र शैक्षिक सुधारको माग राखी अनशन बसेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र...
३२ वर्षीय टिपर चालक ज्ञानबहादुर नेपालीले चन्द्रागिरि नगरपालिका-७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा बरामद भएको हो।
नेपालका लागि अष्ट्रेलियालियन राजदूत फेलिसिटी भोल्कले स्थानीय सरकारको सफलतामा महिलाको सक्षमता जोडिने बताएकी छन्। उनले महिलालाई सक्षम बनाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन सकेमात्रै स्थानीय सरकारको सफलता हुने बताएकी हुन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि नेपाल प्रहरीका लागि हतियार किन्ने निर्णय सरकारले फिर्ता लिनुपर्ने माग गरेको छ। कमिसनका लागि सत्तारुढ गठबन्धनमा रहेका नेताहरूले प्रहरीका लागि हतियार किन्ने योजना ल्याएको एमालेको...