सोमबार, जेठ ४, २०८३

आईजीपी नियुक्ति विवाद : विश्वराज पोखरेलको रिट खारेज

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको हो।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं– आईजीपी नियुक्ति प्रकरणमा एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

National life

सर्वोच्चले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला सुनाएको हो। योसँगै पोखरेलको आईजीपी बन्ने बाटो बन्द भएको छ। 

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको हो। यस्तै, यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि सर्वोच्चले खारेज गर्ने फैसला सुनाएको छ। सर्वोच्चले प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने फैसला सुनाएको छ।

सर्वोच्चको फैसलापछि प्रहरी महानिरीक्षकमा सिंहको नियुक्तिमा उठाइएका प्रश्नको औचित्य सकिएको छ। यो मुद्दामा गत जेठ ३० मा अन्तिम सुनुवाइ सुरु भएको थियो।सरकारले सिंहलाई आईजीपी बनाएपछि एआईजी पोखरेलले रिट निवेदन दायर गरेका थिए। सिंहभन्दा आफू १७ महिना पहिले एआईजी भएको दाबी गर्दै उनले आफू आईजीपी हुनुपर्ने माग गरेका थिए।

प्रकाशित: Jul 15, 2022| 15:31 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।