सोमबार, जेठ ४, २०८३

होटलमा मृत भेटिएकी समीक्षाका प्रेमी पक्राउ

‘पक्राउ परेका प्रेमीले समीक्षासँग सम्बन्ध राम्रो भएको र होटलमा बसेको स्वीकार गरेको बयान दिएका छन्,’ डिएसपी केसीले भने। यद्यपि उनले असार २५ गते बिहान आफू होटलबाट निस्केपछि समीक्षाले आत्महत्या गरेको दाबी गरेका छन्।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

बुटवल- बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की १७  बर्षीया समीक्षा गुरुङका प्रेमी र होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।  असार २५ गते शनिबार बुटवल गोलपार्कस्थित होटल पाल्पालीमा झुन्डिएको अवस्थामा समीक्षा फेला परेपछि अनुसन्धानका लागि उनीहरू दुवैलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको हो। 

National life

असार २४ गते राती एक युवकसँग होटल पुगेकी गुरुङ २५ गते बिहान झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रहरीले समिक्षासँग होटलमा रात बिताएका प्रेमी बुटवल उपमहानगरपालिका–३ का २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको हो। यस्तै प्रहरीले प्रेमी असिमसँगै होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद अर्यालसमेत पक्राउ परेका छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए। 

‘पक्राउ परेका प्रेमीले समीक्षासँग सम्बन्ध राम्रो भएको र होटलमा बसेको स्वीकार गरेको बयान दिएका छन्,’ डिएसपी केसीले भने। यद्यपि उनले असार २५ गते बिहान आफू होटलबाट निस्केपछि समीक्षाले आत्महत्या गरेको दाबी गरेका छन्। 

बुटवलमा घर भएपनि एसईईपछि स्टाफ नर्सका पढ्ने तयारीको लागि काठमाडौँ बस्ने गरेको परिवारले बताएका छन्। काठमाडौं अध्ययनका लागि पुगेकी समीक्षा असार २३ गते मात्रै बुटवल आएकी थिइन्।

बुटवलको अमरपथमा पसल गर्ने उनका प्रेमी श्रेष्ठले आफूहरुबीच पहिल्यैदेखि प्रेम सम्बन्ध रहेको बताएका छन्। बिहानै पसल खोल्न असिम निस्केको र होटेलमा विवरणसमेत नराखेकाले खोजी गर्न महेनत गर्नुपरेको डिएसपी केसीले बताए। 

मृतक समीक्षाका बुवा सन्दीप गुरुङले जबरजस्ती करणी गरी आत्महत्या दुरुत्साहनको उजुरी प्रहरीमा दिएका छन्। होटल सञ्चालकविरुद्ध पनि उजुरी परेकाले सञ्चालकलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ। लुम्बिनी प्रादेशिक अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा गुरुङको मृत्युको कारण 'झुन्डिएको' भन्ने उल्लेख छ। 

प्रकाशित: Jul 15, 2022| 19:30 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।