सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सात वटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र खोल्दै नास्ट

सात वटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र खोल्दै नास्ट

नास्टको बिहीबार सम्पन्न ४५औं प्राज्ञ सभाले सात वटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको हो।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौ– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान प्रविधि क्षेत्रलाई थप अनुसन्धान र विस्तार गर्न सात वटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र खोल्ने भएको छ।

National life

नास्टका अनुसार बागमतीको रामपुर चितवन, मधेस प्रदेशको बर्दिवास, प्रदेश १ को विराटनगर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा केन्द्र स्थापना गरिन लागेको हो। 

नास्टको बिहीबार सम्पन्न ४५औं प्राज्ञ सभाले सात वटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको हो।

सभाले प्रदेश स्तरीय अनुसन्धान केन्द्र स्थापना एवं सञ्चालनका लागि केन्द्रीय र व्यवस्थापन समिति गठन गरेको छ। 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले परिणाम देखिने गरी वैज्ञानिक अध्ययन, अनुसन्धानमा लाग्न नास्टका पदाधिकारीलाई आग्रह गरे। 

उनले नास्टले अन्य विश्वविद्यालयसँग सहकार्य र अनुसन्धान केन्द्रित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने सुझाए ।

विज्ञान र प्रविधि शिक्षालाई प्रवद्र्धन गर्ने, परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण एवं संरक्षण गर्ने, उपयुक्त प्रविधि पहिचान गरी प्रविधि हस्तान्तरण गर्दै राष्ट्रको विकासमा सेवा पुर्या‍उने गरी नास्टले काम गर्दै आएकामा पौडेलले धन्यवाद दिए।

प्रकाशित: Jul 15, 2022| 11:25 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।