सोमबार, जेठ ४, २०८३

बागमती नदीमा दुई बालकको शव फेला

रौतहटको बागमती नदीमा दुई जना बालकको शव फेला परेको छ। बिहीबार दिउँसोदेखि हराएका बालकको शव शुक्रबार बिहान फेला परेको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

रौतहट- रौतहटको बागमती नदीमा दुई जना बालकको शव फेला परेको छ। बिहीबार दिउँसोदेखि हराएका बालकको शव शुक्रबार बिहान फेला परेको प्रहरीले जनाएको छ।

National life

बिहीबार विद्यालयबाट फर्किएर बागमती नदीमा नुहाउन पसेका दुर्गाभगवती गाँउपालिका-३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नम्बर-२ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका थिए। 

दुवै बालकको खोजी कार्यका लागि गोताखोरसहितका सुरक्षाकर्मी परिचालन भए पनि बिहीबार फेला परेका थिएनन्।

खोजीकै क्रमममा हर्षकुमार झाको शव बिहीबार बिहान दुर्गाभगवती-५ बहुअर्वामा र आदित्य झाको शव वडा नम्बर ३ पर्साटोलमा बागमती नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: Jul 15, 2022| 11:47 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।