सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

बैतडी- बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ। आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो।

पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको प्रहरीले जनाएको छ। 

कैलाली घर भई बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ।

यही असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो। पीडित महिलाको बुधबार स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षण रिपोर्ट आउन बाँकी छ। क्याम्पस प्रमुख नेगीले पदबाट समेत राजीनामा दिएका छन्।

प्रकाशित: Jul 15, 2022| 09:38 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।