मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय पक्षले आज महाकालीको बाँध खोल्ने, सतर्क रहन प्रशासनको आग्रह

भारतीय पक्षले आज महाकालीको बाँध खोल्ने, सतर्क रहन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको छ।

आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको सिल्ट फ्लसिङको कार्यका लागि बाँधको ढोका खोलिने जानकारी भारतीय पक्षले गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

भारतीय पक्षले बाँध खोल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको प्रशासनले विज्ञप्ति जारी गर्दै जनाएको छ।

बाँध खोल्दा पानीको बहाव बढ्ने भएकाले प्रशासनले महाकाली नदी आसपासका बासिन्दालई सतर्कता अपनाउन आग्रह गरेको छ।



प्रकाशित: Jul 15, 2022| 06:27 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।