सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु

जुम्लामा पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु

जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

जुम्ला- जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ।

राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन्। हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुईवटा छोराको घटनास्थलमै मृत्यु भएको हो। 

प्रहरी चौकी बड्किले राति राति बत्ती किन गयो भनेर हेर्न जाँदा घर भासिएको पाइएको जनाएको छ।

तीनै जनाको आयोजनाको पावर हाउसभित्र सुतिरहेका अवस्थामा ज्यान गएको प्रहरीको भनाइ छ। प्रहरी चौकी बड्किका रामप्रसाद चौलागाईं कमान्डको टोली राति नै  घटनास्थलमा घटिएको थियो। मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइने भएको छ।

प्रकाशित: Jul 15, 2022| 07:22 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।