नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता रहेका छन्।
भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए। पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय वासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए।
अध्यक्ष तीर्थ थापाले सांस्कृतिक संघलाई एकलौटी ढंगबाट संचालन गरेको भन्दै वरिष्ठ उपाध्यक्ष जनार्दन आचार्यले विज्ञप्ति जारी गरेपछि संघको विवाद बाहिर आएको हो।
नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका...
'मेरा बच्चाबच्चीको औधी माया लाग्छ,' दिनेशले छोडेको सुसाइड नोटलाई उद्धृत गर्दै अनुसन्धान अधिकारीले भने, 'मैले बच्चाबच्चीsJ मायाले गर्दा सँगै लैजान यो कठोर कदम चाल्नु परेको हो।'
'बाबु (दिनेश)ले तीन जनाको छुरा प्रहार गरी हत्या गरेको र अन्तिममा आफूले आत्महत्या गरेको जस्तो आकलन गर्न सकिन्छ,' उनले बताए। उनका अनुसार दिनेशको घाँटीमा ब्लेडले चिरिएको र डोरीको डोब देखिएको...