शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड १० घण्टापछि खुल्यो

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड १० घण्टापछि खुल्यो

पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड १० घण्टापछि खुला भएको छ।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

चितवन- पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड १० घण्टापछि खुला भएको छ। 

चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो खसेपछि अवरुद्ध भएको सडक बिहान ९ बजेदेखि खुला भएको हो। 

सोमबार राती ११ बजेदेखि अवरुद्ध भएको सडक मंगलबार बिहान ९ बजेमात्रै खुलेको हो। रातिदेखि पहिरोमा फसेका यात्रुलाई नेपाल प्रहरीको गाडि र प्राइभेट गाडीमार्फत उद्धार गरेर जुगेडीसम्म ल्याइएको चितवन प्रहरीले जनाएको छ।

आवागमनका लागि राजमार्ग खुला भए पनि मालबाहक गाडि भने सडकमै रहेको प्रहरीको भनाइ छ। लेदोसहित खसेको पहिरोमा एउटा भारतीय ट्रक फसेको थियो। 

बाटो खुलेसँगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जाने क्रम सुरु भएको छ।

प्रकाशित: Aug 03, 2022| 12:34 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।