आइतबार, जेठ ३, २०८३

ट्राफिकको विशेष जाँच अभियान : २६३ चालक कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट आज खटिएको ट्राफिक प्रहरी टोलीले ट्राफिक नियमविपरीत सवारी चलाउने दुई सय ६३ चालकलाई कारबाही गरेको हो।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा चलाएको विशेष जाँच अभियानअन्तर्गत दुई सय ६३ चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट आज खटिएको ट्राफिक प्रहरी टोलीले ट्राफिक नियमविपरीत सवारी चलाउने दुई सय ६३ चालकलाई कारबाही गरेको हो।

National life

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरीले चलाएको विशेष जाँच अभियानमा पानी बोक्ने सवारी साधन ७१ वटा, एम्बुलेन्स पाँचवटा र अन्य सवारीसाधन एक सय ८७ वटालाई कारबाही गरिएको जानकारी दिए।

प्रवक्ता भट्टका अनुसार मदिरा सेवन गरी सवारी साधन चलाउने सात चालकलाई कारबाही गरिएको छ। तीमध्ये दुई जना स्कुल बसका चालक रहेका छन्। कार्यालयका अनुसार सानो भ¥याङमा सञ्चालित हाइड एण्ड सिक मन्टेश्वरी स्कुलको प्रदेश ३–०१–०२३ च ३३६८ नम्बरको भ्यानका चालक वीरेन्द्र तामाङ र बाँनियाटारमा सञ्चालित फ्लोरोसेन्ट इङ्लिस हायर सेकेण्डरी स्कुलको बा २ क ६५७ नम्बरको बस चालक खीमप्रसाद पुनलाई कारबाही गरिएको हो।

पक्राउ परेका विद्यालय बसका चालकलाई आवश्यक कारबाही गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापकको जिम्मा लगाइएको प्रवक्ता भट्टले बताए। यस्तै पानी बोक्ने तीन र अन्य दुई सवारी साधनका चालकले मापसे सेवन गरी सवारी चलाएको पाइएको सो कार्यालयले जनाएको छ।

ट्राफिक कार्यालयले आजै आरक्षण सिट कार्यान्वयन नगर्ने ७९ बस तथा माइक्रो बसका चालकलाई कारबाही गरेको छ। प्रवक्ता भट्टका अनुसार रत्नपार्क, स्वयम्भू, सोह्रखुट्टे, बौद्ध, जावलाखेललगायत क्षेत्रको अनुगमनबाट ती चालकलाई कारबाही गरिएको हो। कार्यालयले आरक्षण सिट कार्यान्वयन नगर्ने बसलाई रु तीन हजार जरिवाना लिँदै आएको छ। 

प्रकाशित: Aug 03, 2022| 23:00 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।