शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युक्रेनसहितका देश पठाइदिने भन्दै ठगी, २ करोड माग गर्दै म्यानपावर सञ्चालकविरुद्ध मुद्दा

युक्रेनसहितका देश पठाइदिने भन्दै ठगी, २ करोड माग गर्दै म्यानपावर सञ्चालकविरुद्ध मुद्दा

विभागका अनुसार मेनपावरले रोजगारीका लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट रु एक करोड ८६ लाख १५ हजार २०० ठगी गरेका थिए। रोजगारीमा नपठाएपछि आफूहरु वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै पीडितहरुले विभागमा उजुरी दिएका थिए।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं- वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ सर्वसाधारणसँग झन्डै दुई करोड ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ। मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक र कर्मचारीविरुद्ध बुधबार वैदेशिक रोजगार न्यायाधीकरणमा वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको हो।

विभागका अनुसार मेनपावरले रोजगारीका लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट रु एक करोड ८६ लाख १५ हजार २०० ठगी गरेका थिए।  रोजगारीमा नपठाएपछि आफूहरु वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै पीडितहरुले विभागमा उजुरी दिएका थिए। 

म्यानपावर सञ्चालक रवीन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला र यामबहादुर कार्की तथा कर्मचारी अमिर थुलुङ, गणेशप्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताविरुद्ध मुद्दा दायर भएको हो। 

उनीहरुबाट ठगी भएको रकम असुल गराउनुपर्ने विभागको आरोपपत्रमा उल्लेख छ। 

प्रकाशित: Aug 03, 2022| 20:53 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।