आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महोत्तरीको बर्दिबासमा मोटरसाइकल चोरी गर्ने गिरोह फेला पर्‍यो

महोत्तरीको बर्दिबासमा मोटरसाइकल चोरी गर्ने गिरोह फेला पर्‍यो

इलाका प्रहरी कार्यालय बर्दिबासले आइतबार राति बर्दिबास मुख्यचोकस्थित सेञ्चुरी बैंक अगाडिबाट चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा चोरीमा संलग्न गिरोह फेला पारेको हो।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

महोत्तरी- प्रहरीले महोत्तरीको सुदूर उत्तरवर्ती मुख्य व्यापारिक केन्द्र बर्दिबास नगर क्षेत्रमा मोटरसाइकल चोरी गर्ने गिरोह फेला पारेको छ। इलाका प्रहरी कार्यालय बर्दिबासले आइतबार राति बर्दिबास मुख्यचोकस्थित सेञ्चुरी बैंक अगाडिबाट चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा चोरीमा संलग्न गिरोह फेला पारेको हो। 

National life

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बर्दिबास–७ किसाननगरस्थित रामएकवाल यादवको घरबाट चोरीको मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा उक्त गिरोहको पत्ता लागेको हो।

मोटरसाइल चोरीमा संलग्न यादव, उनका भाइ रामलक्ष्मण यादव र भङ्गाहा–४ का सुनिलकुमार रामलाई प्रहरीले पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ।

पछिल्लो समय बर्दिबासमा दिउँसै मोटरसाइकल चोरी हुने घटना बढ्दै गएको छ। केही दिन अघि बर्दिबास–१ स्थित रेडियो बर्दिबास परिसरबाटै मोटरसाइकल चोरी भएको थियो। बर्दिबास र गौशाला बजारमा घरको भित्ता फोरेर चोरी क्रमसमेत बढेको प्रहरीले जनाएको छ। 


प्रकाशित: Aug 03, 2022| 10:37 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।