शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुम्बई जाने जहाजबाट पक्राउ गरिएका व्यक्ति चोरीका आरोपित

मुम्बई जाने जहाजबाट पक्राउ गरिएका व्यक्ति चोरीका आरोपित

लामिछानेमाथि यसअघि पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा ठगी आरोपमा उजुरी परेको प्रहरी स्रोतले जनाएको छ।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं- मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट पक्राउ परेका व्यक्ति चोरीका आरोपित भएको खुलेको छ। कैलालीका सन्तोष लामिछाने भारतमा चोरीको सुन किनेका व्यक्ति भएको प्रहरीले जानकारी दिएको हो। 

लामिछाने सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघका अध्यक्षसमेत हुन्। उनी नेपाल एयरलाइन्सबाट पत्नी मीना लामिछानेसँगै मुम्बई जान जहाजमा बसिसकेका थिए। लामिछाने सुनचाँदी व्यवसायीको टोलीसँग मुम्बई घुम्न जान लागेका थिए।

लामिछानेमाथि यसअघि पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा ठगी आरोपमा उजुरी परेको प्रहरी स्रोतले जनाएको छ।

विमानमा चढिसकेका लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। प्रहरीले लामिछानलाई नियन्त्रणमा लिएपछि निर्धारित समयभन्दा २ घण्टा ढिला गरी विमान मुम्बईका लागि उडेको थियो।


प्रकाशित: Aug 03, 2022| 17:30 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।