शनिबार, साउन १६, २०८३

पुल्चोकमा म:म व्यवसायी मृत फेला

ललितपुरको पुल्चोकमा एक व्यक्ति मृत फेला परेका छन्। बुधबार बिहान पुल्चोकस्थित एक घरमा डेरा गरी बसेका पुरुष मृत फेला परेका हुन्।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं- ललितपुरको पुल्चोकमा एक व्यक्ति मृत फेला परेका छन्। बुधबार बिहान पुल्चोकस्थित एक घरमा डेरा गरी बसेका पुरुष मृत फेला परेका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले आफ्नै कोठामा झुन्डिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको बताए। उनको पहिचान खुलिनसकेको बताएको छ। पुल्चोक क्षेत्रमा उनी कुमार भनेर चिनिन्थे। 

उनको पुल्चोकमा म:म पसल छ। बिहान पसल खोल्न नआएपछि छिमेकीहरू उनलाई घरमा बोलाउन गएका थिए। तर, उनले ढोका खोलेनन्। 

ढोका नखोलेपछि स्थानीय आफैंले भर्‍याङ राखेर उनको कोठामा हेरेका थिए। हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन्। अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ। 

प्रकाशित: Aug 03, 2022| 12:41 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।