आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेवाग्राहीलाई सास्ती दिएर घुस लिने राजस्वकी अधिकृत अख्तियारको 'फन्दा'मा

सेवाग्राहीलाई सास्ती दिएर घुस लिने राजस्वकी अधिकृत अख्तियारको 'फन्दा'मा

ललितपुर महानगरपालिका वडा नं.-१७ सुनधारा बस्ने ५१ वर्षीया बिन्दु २०५२ जेष्ठ १ गते कम्प्युटर अपरेटरमा सेवा प्रवेश गरेकी हुन्। उनी कार्यरत कार्यालयबाटै अख्तियारले छ। उनलाई पक्राउ गरेको हो। उनको साथबाट अख्तियारले घुस लिएको नगद बरामद गरेको हो।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

National life

काठमाडौं- आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनलाई बुधबार पक्राउ गरेको हो। 

ललितपुर महानगरपालिका वडा नं.-१७ सुनधारा बस्ने ५१ वर्षीया बिन्दु २०५२ जेष्ठ १ गते कम्प्युटर अपरेटरमा सेवा प्रवेश गरेकी हुन्। उनी कार्यरत कार्यालयबाटै अख्तियारले नियन्त्रणमा लिएको हो। उनको साथबाट अख्तियारले घुस लिएको नगद बरामद गरेको छ।

कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको राजश्व कार्यालय पुगेका सेवाग्राहीलाई बिन्दुले सास्ती दिएर घुस मागेकी थिइन्। सेवाग्राहीले रकम दिएपश्चात् उनलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जानकारी दिएको 

प्रकाशित: Aug 03, 2022| 20:27 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।