सप्तकोशी नदीमा पानीको सतह पुन: बढ्न थालेको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोशीसँगै सहायक नदीमा पनि पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।
काठमाडौं उपत्यकाका स्थानीय तहले व्यवस्थापन गर्दै आएको फोहोर विसर्जन स्थल बञ्चरेडाँडा र सिसडोल पुग्ने सडक बर्खाले क्षतविक्षत बनाएपछि संघीय राजधानीका सडक, गल्लीमै थुप्रिएको छ फोहोरका डंगुर।
जङ्गली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा अन्नबाली क्षति तथा चितुवाबाट चौपायाको नोक्सान भएका किसानलाई क्षतिपूर्ति वापत उक्त रकम प्रदान गरिएको हो।
गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपल्ट ९७.७५ प्रतिशत अंक प्राप्त गरी ७७ जिल्ला प्रशासनमध्ये सर्वोत्कृष्ट हुन सफल।
ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो।
बुढीगङ्गा नगरपालिका–२ को बल्दे हुँदै अम्कोटको गाउँबाट द्वारीको राजमार्ग सडकमा मिलान गर्ने गरी वैकल्पिक बाटो निर्माण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले अन्योल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो।