आइतबार, जेठ ३, २०८३

काठमाडौंमा रहेको २५ वर्ष पुरानो शौचालय पुनः निर्माण

पुनः निर्माण गरिएको सो शौचालय भवन हातामा प्रयोगकर्तालाई आवश्यक सबै सेवा सुविधा राखिएका छन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं –२० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रुपमा स्तरोन्नति गरिएको छ। 

National life

कामपा-२० र ‘एरोसान सस्टेनेबल स्यानिटेसन’को संयुक्त साझेदारीमा  स्तरोन्नति गरिएको सो शौचालय अपाङ्ग, वातावरण तथा महिला मैत्री  छन्।   पुनः निर्माण गरिएको सो शौचालय भवन हातामा प्रयोगकर्तालाई आवश्यक सबै सेवा सुविधा राखिएका छन्। कामपा–२० का वडाध्यक्ष राजेन्द्र मानन्धरले शनिबार नवनिर्मित शौचालयको शुभारम्भ गरे।

कामपाका प्रमुख बालेन्द्र शाहले सो सार्वजनिक शौचालयको अवलोकन गर्दै शौचालयमा प्रयोग भएका वातावरण मैत्री प्रविधिका बारेमा विशेष चासो राखे। उनले भने ‘सार्वजानिक शौचालय हुनु त यस्तो व्यवस्थित। महानगरपालिकाभित्र थप यस्ता शौचालय बनाउनुपर्छ। यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ।’ शौचालयमा प्रयोग भएको आकासे पानी सङ्कलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिँदै  शौचालयलाई सिकाइ केन्द्रका रुपमा विकास गर्न सकिने सुझाव दिए।

सन् २०२० देखि काठमाडौं र ललितपुर महानगरपालिका भित्रका विभिन्न स्थानहरुमा स्वच्छ, महिला, अपाङ्ग तथा वातावरण मैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालय बनाउन एरोसान सस्टेनेबल स्यानिटेसनले आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ।  एरोसानद्वारा निर्मित तथा सञ्चालित शौचालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रवद्र्धन पुरस्कार २०७८ जित्न सफल भएको थियो भने विश्वस्तरीय सरफाती सेनिटेसन प्रतियोगितामा उत्कृष्ट पाँचसम्म पुग्न सफल भएको थियो।

सो अवसरमा वडाध्यक्ष मानन्धरले वडाको विकास र समृद्धिका लागि आवश्यक कार्य गर्दै आएको जानकारी दिँदै   यसै क्रममा २५ वर्ष पुरानो जीर्ण र अव्यवस्थित सार्वजनिक शौचालयको पुनः निर्माण गरिएको बताए।

एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौं महानगरपालिकामा चार र ललितपुर महानगरपालिकामा दुई अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याइसकेको छ। यस बीचमा करिब पाँच लाख ९१ हजार दुई सय ६९ परुष र एक लाख ८० हजार पाँच सय ३६ महिला प्रयोगकर्ताहरुलाई सार्वजनिक शौचालयको सुविधा प्रदान गर्न सफल भएको  एरोसानका कार्यकारी प्रमुख प्रकाश अमात्यले जानकारी दिए। 

प्रकाशित: Aug 07, 2022| 09:34 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।