शनिबार, साउन १६, २०८३

भोजपुरमा ९० प्रतिशत रोपाइँ सम्पन्न

यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँ समयमै भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

भोजपुर- भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँ समयमै भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए।

उनले भने, ‘भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ। दुई बाली लाग्ने क्षेत्रमा अझै पनि रोपाइँ भइरहेको अवस्था छ। समयमा वर्षा भएकाले गत वर्षको तुलनामा अलि बढी क्षेत्रमा रोपाइँ भएको हो।’

जिल्लाभर १८ हजार ९२ हेक्टरमा धानबाली हुने गरेकाेमा साउन २० सम्म १६ हजार २ सय ८२ हेक्टरमा रोपाइँ सकिएको सूचना अधिकारी अम्गाईंले बताए। जिल्लाको ९ वटै स्थानीय तहको तल्लो भेगमा धानबाली हुने गरेको छ।

पछिल्लो समय बसाइँसराइका कारण खेत बाँझै राख्ने गरिएको छ। समयमै मल नपाउँदा भने समस्या भएको कृषकले गुनासो गरेका छन्। स्थानीय किसान धनबहादुर थापाले मल नपाउँदा समस्या भएको बताए। उनले भने, ‘सरकारले समयमा मल नदिँदा किसानलाई समस्या भएको छ। युरिया मल बाहिरी बजारबाट प्रतिबोरा २ हजार ४०० मा ल्याउन बाध्य छौं।’ 

प्रकाशित: Aug 06, 2022| 23:00 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।