आइतबार, जेठ ३, २०८३

पनौती नगरका बंगुरमा 'अफ्रिकन स्वाइन फिवर'को संक्रमण

अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिकरुपमा पालिएको बंगुरमा मात्रै देखिएको हो।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काभ्रेपलाञ्चोक- पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को संक्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन्। व्यावसायिकरुपमा फार्ममा पालिएका बंगुरमा गत सोमबार मात्रै उक्त संक्रमण पुष्टि भएको थियो। उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छ सय सात बंगुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ। उक्त रोगले नगरको वडा नं ५स्थित टिम भिजन एग्रिकल्चर प्राली र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बंगुर फार्ममा क्षति पुर्‍याएको हो।

National life

शाखाप्रमुख लीलाप्रसाद सापकोटाका अनुसार उक्त रोगका कारण हालसम्म किसानको दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिकरुपमा पालिएको बंगुरमा मात्रै देखिएको हो। विभिन्न स्थानमा पालन गरिएको बंगुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो। नगरले संक्रमण मुक्त बनाउनका लागि जैविक सुरक्षा अपनाइएको जनाएको छ। ‘रोगबाट मरेका पशुलाई व्यवस्थित तवरले जमिनमा गाडिएको छ, थप संक्रमण हुन नदिन हाम्रो टोलीले संक्रमण मुक्त गर्ने विधि अपनाइरहेको छ’, उनले भने। 

शाखाप्रमुख सापकोटाका अनुसार नगर विपद् व्यवस्थापन समितिले स्थानीय किसानको क्षतिपूर्तिका लागि छलफल अघि बढाएको छ। यस्तै सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी भइरहेको छ। नगरका विभिन्न स्थान पालिएका बंगुरमा उक्त संक्रमण पुष्टि भएसँगै नगरले तिनलाई ओसारपसार गर्न निषेध गरेको छ। पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ। विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन। सन् २०१८ मा छिमेकी भारत, चीन र भुटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको करिब पाँच महिनापछि काभ्रेपलाञ्चोकको पनौतीमा पनि देखिएको हो।

गत वर्ष चैतमा पहिलोपटक काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरमा उच्च मृत्युदर देखा परेपछि त्यहाँबाट नमूना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएको विभागले जनाएको छ। विभागका अनुसार गत जेठ २ गते यो रोग नेपालमा आएको पहिलो पटक पुष्टि भएको हो। ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण क्षेत्रमासमेत उक्त रोग फेला परेको र त्यसबेला उपत्यकाको विभिन्न क्षेत्रमा करिब एक हजार बंगुर मरेका थिए।   -रासस

प्रकाशित: Aug 07, 2022| 05:30 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।