आइतबार, जेठ ३, २०८३

ओझेलमा भोजपुरका पर्यटकीय स्थल

प्रचारप्रसारको अभाव तथा पूर्वाधार निर्माण हुन नसक्दा ती स्थल पर्यटकको रोजाइमा पर्न सकेका छैनन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

भोजपुर- भोजपुरका पर्यटकीय स्थलहरू पछिल्लो समय ओझेलमा पर्दै गएका छन्। प्रचारप्रसारको अभाव तथा पूर्वाधार निर्माण हुन नसक्दा ती स्थल पर्यटकको रोजाइमा पर्न सकेका छैनन्।

National life

तत्कालिन समय डोली पैसा छापिएको टक्सार बजारदेखि शिक्षाको ज्योति छर्ने बालागुरु षडानन्द र क्रान्तियोद्धा योगमायाको भूमि भोजपुर पर्यटकीय सम्भावना बोकेको जिल्ला हो। यहाँ ऐतिहासिक पर्यटकीय र धार्मिक गन्तव्य धेरै छन्। तर प्रायः ती स्थल गुमनाम छन्।

ऐतिहासिक हतुवागढी र कोटगढी पनि छन्। हतुवागढी गाउँपालिकास्थित हतुवागढी र पौवादुङमा गाउँपालिकामा रहेको कोटगढी पनि ओझेलमा छन्। यहाँ आन्तरिक पर्यटक फाट्टफुट्टरूपमा पुग्ने गरेपनि बाह्य पर्यटक भने अझै पुग्न सकेका छैनन्।

योगमायाको तपोभूमि मझुवाबेँसी, भोजपुरको शिरमा रहेको प्रसिद्ध शिद्धकाली मन्दिर, गोल्मेराजा गोल्मेरानी भिर, नागछाँगा, चुलाचुली गुफा, धार्मिक तथा पर्यटकीय क्षेत्र साल्पासिलिचुङ, पौवादुङमा गाउँपालिकामा रहेको दोश्रो हलेँसी भनेर चिनिएको त्रिपुरेश्वर महादेव, सन्तानेश्वर महादेवलगायत धार्मिक तीर्थस्थल पर्यटकको पर्खाइमा छन्।

यस्तै जिल्लाकै अग्लो छाँगे झर्ना, सिलिचुङ चुचुरो, टेम्के डाँडा, मैयुङ डाँडालगायत स्थल प्रसिद्ध छन्। बसाइसराई बढ्दै गएपछि यहाँको जनघनत्व कम हुँदै गएको छ।

टेम्केमैयुङ-५ का लाक्पा शेर्पाले भने, ‘हाम्रो ठाउँमा धेरै पर्यटकीय क्षेत्र छन्। स्थानीय तह, प्रदेश र केन्द्रको ध्यान पर्याप्त रुपमा पुग्न सकेको छैन।’ सडक मार्ग तथा अन्य विकास नहुँदासम्म ती स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन कमै हुने उनको भनाइ छ।

२०६८ सालमा भोजपुरको जनसंख्या १ लाख ८२ हजार ४५९ थियो। २०७८ मा जनसंख्या घटेर १ लाख ५८ हजार ९९१ पुगेको छ। आवश्यक पूर्वाधार नहुँदा पर्यटकीय क्षेत्र ओझेलमा परेको स्थानीय अजय राईको भनाइ छ।   -रासस

प्रकाशित: Aug 07, 2022| 05:00 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।