शनिबार, साउन १६, २०८३

अभियान लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

अभियान लघुवित्तको आइपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- अभियान लघुवित्तको आइपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। 

कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ। यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक, वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ। 

यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रकाशित: Aug 07, 2022| 08:39 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।